‘‘कुलिङ अफ पिरियड’ छेडखानी प्रकरणमा सभापतिले राजीनामा दिएर मात्र पुग्दैन, कानुनी कारबाही होस्’
सारांश
- राप्रपा सांसद ध्रुवबहादुर प्रधानले 'कुलिङ अफ पिरियड' माथि छेडखानी गर्नेलाई कारबाहीको माग गरे।
- उनले भिजिट भिसाको दुरुपयोगबारे सरकारको चासो नदेखेको र तस्करीमा संलग्नलाई कारबाही गर्न आग्रह गरे।
- प्रधानले न्यायिक छानबिन आयोग गठनको माग गर्दै संसदको सम्मानका लागि मूल तस्करलाई कारबाही गर्नुपर्ने बताए।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले कुलिङ अफ पिरियड व्यवस्थामाथि छेडखानी गर्नेलाई कानुनी कारबाहीमा ल्याउन माग गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै प्रधानले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएर मात्र नपुग्ने बताएका हुन् ।
उनले भने, ‘कुलिङ अफ पिरियडको व्यवस्थामा छेडखानी गर्ने व्यक्तिले राजीनामा दिएर मात्र पुग्ने हो कि होइन ? जसले नियतवश गल्ती गरेको छ उसले सजायको भागी भएन भने सबै माननीयज्यूहरूले राजीनामा दिनुपर्ने अवस्थाहरू हुन सक्छन् । तैपनि यो सदन अडेको छ, छानबिन समिति गठन भयो । प्रतिवेदन आयो र निराकरणको प्रक्रियामा रहेको छ ।
उनले भिजिट भिसा दुरुपयोगबारे सरकारले कुनै चासो नदेखाएको आरोप लगाए । उनले भिजिट भिसामा गएमा रोजगारी पाइन्छ भनेर जनतामा भ्रम छरेर तस्करी गर्नेहरूलाई कानुनी कारबाही गर्न माग समेत गरे ।
प्रधानले भने, ‘जुन श्रम मन्त्रालयअन्तर्गतका मेनपावरको जालो छ । जसको कारण गृह मन्त्रालय समेत भिजिट भिसा प्रकरणमा मुछियो । र इमिग्रेसन समेत मुछिएको अवस्था आयो । जो पनि भिजिट भिसामार्फत गएर रोजगारी पाइन्छ भनेर भ्रम छरेर तस्करी गर्नेलाई कानुनी कारबाहीको बारेमा कुनै कुरा भएन । गृहमन्त्रीको राजीनामासँग मात्र यस विषयको सरोकार भएन । हामीले पटक पटक कुरा उठाएका छौँ । यसको छानबिनको लागि न्यायिक छानबिन आयोग गठन गरियोस् । हामी संसद्को अपमान नभई सम्मान होस् भन्न चाहेका छौँ । तर भाषणमा मात्र समिति राखिन्छ । मूल तस्करलाई कारबाही नगरेसम्म हाम्रो संसद् बहिस्कारको क्रम जारी रहन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण