अब विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिऊँ : महत
सारांश
- पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिनुपर्ने बताए ।
- उनले विदेशमा बसेका नेपाली वा विदेशी नागरिकलाई नेतृत्व दिनुपर्ने धारणा राखे ।
- महतले वैकल्पिक वित्त कोषको सीईओका लागि योग्यता हेर्नुपर्ने र ग्रिन कार्ड होल्डरलाई पनि स्वीकार गर्नुपर्ने बताए ।
काठमाडौँ । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले अब विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिनुपर्ने बताएका छन् । उनले विदेशी नागरिक वा पिआर लिएर विदेशमा बसेको नेपाली नेपालमै आएर नेतृत्व सम्हाल्न खोज्छ भने त्यस्तालाई सरकारले नियुक्ति गर्नुपर्ने बताएका हुन् ।
आज संसद्को अर्थ समितिमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धीमा बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले विदेशमा पनि विदेशीहरूले नै कम्पनीहरूको नेतृत्व गर्ने गरेको र त्यसबाट ती कम्पनीहरू सबल हुने गरेको बताए । नेपालमा अनेक बहानामा विदेशीहरूसहित त्यहाँ रहेका नेपालीहरूलाई बन्देज लगाउन खोजिनु उचित नभएको उनको भनाइ छ ।
पूर्वअर्थमन्त्री महतले भने, ‘नीतिगत निर्णय भएपछि सीईओले कार्यान्वयनमा लैजाने हो । अमेरिका, युरोपमा ट्रिलियन डलरका कम्पनीहरू बाहिरको मान्छेले चलाइरहेका हुन्छन्, इन्डियनहरुले चलाइरहेको छ । योग्य हेर्ने हो, जिम्मेवारीअनुसार काम गरे, नगरेको बोर्डले हेर्ने हो नि । सीईओले दायाँबायाँ गर्ने बित्तिकै आउट गर्ने अधिकार बोर्डलाई भइहाल्छ । त्यसैले हामीले अहिले नयाँ कन्सेप्टमा वैकल्पिक वित्त कोषलाई अघि बढाउन खोज्दैछौँ । हामी नयाँ प्रबन्ध गर्न खोजिरहेका छौँ ।’
महतले वैकल्पिक वित्त कोष व्यवस्थापन गर्नका लागि नियुक्त हुने सिइओ, देश विदेश बुझेको हुनुपर्ने बताए । उनकाअनुसार वित्त कोषको सीईओको सवालमा ग्रिन कार्ड लिएको, नलिएको, विदेशी नागरिक हो वा होइन, त्यो पनि हेर्नुहुँदैन । नेपाली पनि हुनसक्छ, विदेशमा बसेको ग्रिन कार्ड होल्डर पनि हुनसक्छ, त्यस्ता सबैलाई स्विकार्न उनले प्रस्ताव गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण