वामदेव र रामकुमारीबारे निर्णय गर्न माधवले बोलाए बैठक
सारांश
- एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ, जसमा वामदेव गौतमको जिम्मेवारीबारे छलफल हुनेछ।
- रामकुमारी झाँक्रीले माधव नेपालको नेतृत्वप्रति कटाक्ष गरेपछि आत्मालोचना गरेकी छिन्, र उनलाई सचेत गराइएको छ।
- पार्टी प्रवेश गरेका वामदेव गौतमको संगठन विभागको जिम्मेवारीको विषयमा पनि छलफल हुने भएको छ।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले शुक्रवार बिहान ११ बजेपछि पार्टी कार्यालय आलोकनगरमा बस्नेगरी सचिवालय बैठक बोलाएका हुन् ।
आन्तरिक किचलोमा रुमल्लिएको एकीकृत समाजवादीले यसअघि भदौ ७, ८ लाई बोलाएको केन्द्रीय समिति बैठक २० दिन पछि सारेर भदौ २७ र २८ मा पुर्याएको थियो ।
शुक्रवार बस्ने सचिवालय बैठकमा नेता वामदेव गौतमको जिम्मेवारी, नेतृ रामकुमारी झाँक्रीको आत्मालोचना, वामपन्थी पार्टीबिच एकता र सहकार्यका लागि भएको प्रगतिलगायत समसामयिक विषय छलफलका एजेन्डा रहेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।
यसअघि नेतृ झाँक्रीले माधव नेपालबाट पार्टी चल्न नसक्ने भन्दै कटाक्ष गरेकी थिइन् । त्यसक्रममा उनले प्रयोग गरेका शब्दप्रति नेताहरूले आपत्ति जनाएका थिए । त्यसपछि उनलाई लिखित आत्मालोचना गर्न निर्देशन दिइएको थियो ।
आफ्नो अभिव्यक्तिप्रति लिखित रूपमै आत्मालोचना गरेकाले झाँक्रीलाई आइन्दा त्यस्तो अभिव्यक्ति नदिने गरी सचेत गराएर छुट दिने तयारी भएको बताइएको छ । त्यस्तै पार्टी प्रवेश गरेका नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमको जिम्मेवारीका बारेमा समेत छलफल गर्ने एकीकृत समाजवादीको तयारी छ ।
गौतमले संगठन विभागको जिम्मेवारी पाउनुपर्ने चाहाना राखेपनि नेता बेदुराम भुसालले तत्काल उक्त जिम्मेवारी छाड्न नचाहेपछि किचलो हुँदै आएको छ । गौतम गत साउन २ गते एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण