पर्सामा अनुचित लेनदेनसम्बन्धी एक हजार ६८९ उजुरी टुङ्ग्याइयो
सारांश
- पर्सामा मिटरब्याजसम्बन्धी १,६८९ उजुरी मेलमिलापमार्फत टुंग्याइएको छ।
- जिल्लाभर २,३५८ उजुरी परेकोमा ६३७ वटा फछ्र्यौट हुन बाँकी रहेको बताइएको छ।
- अनुचित लेनदेन मुद्दामा १७ जना पक्राउ परेका छन् भने २८ करोड ५९ लाख ५५ हजार ५५७ रुपैयाँ बराबरको बिगो रहेको छ।
वीरगञ्ज । पर्सामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी एक हजार ६८९ उजुरी मेलमिलापमार्फत मुद्दा टुङ्ग्याइएको छ । साहुकर र अनुचित लेनदेन पीडितबिच जिल्लाभरिमा दुई हजार ३५८ उजुरी परेका थिए । सोमध्ये चालु आवको साउन २८ गतेसम्मको अवधिमा भने ६३७ मात्रै उजुरी फछ्र्यौट गर्न बाँकी छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा आएकामध्ये एक हजार ६८९ थान उजुरी मेलमिलापमार्फत टुङ्गो लगाएको जानकारी दिए । यसअघि जिल्ला प्रशासनबाट एक हजार ७२९ मिटर ब्याजसम्बन्धि उजुरी आएका थिए, यहाँको प्रहरी कार्यालयमा पनि छुट्टै ६२९ उजुरी दर्ता भएका थिए ।
उनले भने, ‘यसअघि जिल्ला प्रशासन कार्यालयले २२० उजुरी मेलमिलापबाट टुङ्गो लगाएको थियो, प्रहरीले भने एक हजार ४६७ उजुरी टुङ्गो लगाएको छ ।’ सूचना अधिकारी लम्सालले मिटरब्याजसँग सम्बन्धित ३२ मुद्दा अदालतमा दर्ता भएको जानकारी दिए । यहाँ मिटरब्याजसम्बन्धी कसुरमा १५ पुरुष र दुई महिला गरी १७ जना पक्राउ परेका छन् । पर्सामा मेलमिलापको बिगो भने रु २८ करोड ५९ लाख ५५ हजार ५५७ रहेको छ । पर्सा प्रहरीले ४० बिघा १५ कट्ठा १९ धुर जग्गा फिर्ता गराएको छ ।
सूचना अधिकारी लम्सालले अनुचित लेनदेनसम्बन्धी उजुरीलाई प्राथमिकताका साथ सम्बोधन गर्दै आएको बताए । ‘यसअघि अनुचित लेनदेनसँग सम्बन्धित उजुरी जिल्ला प्रशासन कार्यालय आफैँले लिने गर्थ्यो ’, उनले भने, ‘कार्यालयमा परेका उजुरीलाई अहिले जिल्ला प्रहरी कार्यालयबाट टुङ्गो लगाउँदै आइरहेका छौँ ।’
उनले अनुचित लेनदेनसँग सम्बन्धित उजुरीउपर दुवै पक्षलाई छलफल गराएर टुङ्गो लगाउने प्रयास भइरहेको बताए । ‘पछिल्लो समय पीडकले अदालतबाट पक्राउपुर्जीविरुद्धको निषेधाज्ञा लिएर बस्ने भएकाले पनि पक्राउ गर्न अप्ठ्यारो भइरहेको छ’, उनले भने । जिल्ला प्रहरी कार्यालयमा २०८१ फागुन १ गतेदेखि अनुचित लेनदेनका उजुरी दर्ता गर्न थालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण