‘क्लाउड ब्रष्ट’ हुँदा खैबर पख्तुनख्वामा कम्तीमा १४६ जनाको मृत्यु
शुक्रबार, ३० साउन २०८२, १७ : ५०
सारांश
- गत २४ घण्टामा पाकिस्तानको खैबर पख्तुनख्वामा १४६ जनाको मृत्यु भएको छ।
- क्लाउड ब्रष्ट र बाढीका कारण धेरै मानिस बेपत्ता छन्।
इस्लामवाद । गएको २४ घण्टामा पाकिस्तानको खैबर पख्तुनख्वामा कम्तीमा १४६ जनाको मृत्यु भएको छ । ‘क्लाउड ब्रष्ट’ र लगत्तै आएको बाढीका कारण अझै पनि कयौँ मानिस बेपत्ता रहेको खैबर पख्तुनख्वा प्रान्तको विपद् व्यवस्थापन विभागले भनेको छ ।
बाढीले प्रान्तभरि वितण्डा मच्चाएको बताइएको छ । गएको जुनयता नै मनसुनी वर्षाले पाकिस्तान विशेष गरी खैबर पख्तुनख्वा र उत्तरी क्षेत्रमा व्यापक तहसनहस गराएको थियो ।
विनाशकारी बाढी, पहिरोका कारण हजारौँ मानिस विस्थापित भएका छन् । पछिल्लो घटनामा मर्नेमा १२६ जना पुरुष, आठ महिला र १२ जना बालबालिका भएको बताइएको छ । बनेरमा मात्रै ७५ जनाको ज्यान गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण