इन्स्पेक्टर गुरुङले पूर्वपत्नीलाई कुटे
शुक्रबार, ३० साउन २०८२, २३ : ००
सारांश
- नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङले पूर्वपत्नीलाई कुटपिट गरेका छन् ।
- ललितपुरको हात्तिवनमा डेरामा गएर उनले पूर्वपत्नी शुभद्रा दाहाललाई कुटपिट गरेका थिए ।
- दाहालले फेसबुकमा रगतपच्छे भएको फोटो राखेर सहयोगको याचना गरेकी छिन्।
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङले पूर्वपत्नीलाई कुटपिट गरेका छन् ।
ललितपुरको हात्तीवनमा रहेको डेरामा गएर उनले पूर्वपत्नी शुभद्रा दाहालमाथि निर्घात कुटपिट गरेका हुन् ।
प्रहरी प्रधान कार्यालयमा कार्यरत गुरुङले केही समयअघि दाहालसँग सम्बन्धविच्छेद गरेका थिए । आफ्ना बच्चाहरूसँग बस्दै आएकी दाहालमाथि गुरुङले शुक्रबार साँझ मरणासन्न हुनेगरी गरी कुटपिट गरेका थिए । त्यसपछि दाहालले आफूमाथि कुटपिट भएको भन्दै फेसबुकमा फोटो राखेर सहयोगको याचना गरेकी छन् । उनले लेखेकी छन्, ‘हेल्प मी, गुरुङबाट म कुटिएँ ।’
यस घटनाबारे आफूकहाँ जानकारी नआएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताएका छन् । उनले भने, ‘कसैले अवाञ्छित गतिविधि गरेको भेटे कानुनबमोजिम गर्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण