बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अल्जेरियामा बस नदीमा खस्यो, १८ जनाको मृत्यु

शनिबार, ३१ साउन २०८२, ११ : १३
शनिबार, ३१ साउन २०८२

सारांश

  • अल्जेरियाको राजधानी नजिकै बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ।
  • यात्रु बोकेको बस पुलबाट खसेर दुर्घटना हुँदा धेरै घाइते भए, जसमध्ये तीनको अवस्था गम्भीर छ।
  • अल्जेरियाका राष्ट्रपतिले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् र दुर्घटनाको कारण पत्ता लाग्न बाँकी छ।

अल्जेरिया । राजधानी अल्जियर्स नजिकै शुक्रबार साँझ भएको एक भायनक बस दुर्घटनामा कम्तीमा १८ जनाको ज्यान गएको छ । यात्रु बोकेको बस पुलबाट नदीमा खस्दा ठूलो क्षति भएको हो।

दुर्घटनामा धेरैजना घाइते भएका छन् । घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ । उद्धारकर्मीहरूले अबेर रातिसम्म नदीमा उद्धार कार्य जारी राखेका थिए।

यस दुःखद घटनापछि अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तेब्बौनेले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। दुर्घटनाको कारणबारे विस्तृत जानकारी आउन बाँकी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप