रौतहटमा कृष्णजन्माष्टमी मेलामा झडप, नगरप्रमुखसहित पाँच घाइते
सारांश
- रौतहटको देवाही गोनाहीमा कृष्ण जन्माष्टमी मेलाको उद्घाटनमा विवाद हुँदा झडप भएको छ।
- झडपमा नगरप्रमुख प्रेमलाल साह कानुसहित पाँच जना घाइते भएका छन्, जसमध्ये मेयरको टाउकोमा १७ टाँका लागेको छ।
- प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरी टोलस्थित कृष्ण मन्दिरमा शनिबार कृष्णजन्माष्टमी मेलाको उद्घाटनलाई लिएर दुई पक्षबिच विवाद चर्किँदा झडप भएको छ। झडपमा परी नगरप्रमुख प्रेमलाल साह कानु सहित पाँच जना घाइते भएका छन्।
नगरप्रमुखको पक्षले मेलाको उद्घाटन नगरप्रमुखकै हातबाट रिबन काटेर गर्ने अडान राखेपछि अर्को पक्षले आपत्ति जनाएको थियो। यही विषयमा वादविवाद बढ्दै गएर हाताहातीको स्थिति उत्पन्न भएको हो।
झडप नियन्त्रण गर्ने क्रममा प्रहरीसमेत घाइते भएका छन्। घटनामा मेयर कानुको टाउकोमा १७ वटा टाँका लागेको छ भने अन्य प्रहरी र स्थानीयलाई सामान्यदेखि मध्यम चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
घाइतेहरूको विवरण:
- प्रहरी जवान जगदीश राय यादव – टाउको, मुख र हातमा चोट, गालामा ५ टाँका
- प्रहरी जवान धनसुन्दर ठाकुर – टाउकोमा ४ टाँका, कुहिनो र कन्चटमा चोट
- रामविकाश साह – दाहिने हातमा चोट, अवस्था सामान्य
- श्याम विनय साह – अवस्था सामान्य
- प्रेमलाल साह कानु (नगरप्रमुख) – टाउकोमा १७ टाँका
सबै घाइतेहरूको उपचार गरुडास्थित निजी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। यसैबिच, घटनामा संलग्न भएको आरोपमा स्थानीय राधामोहन साह, विनोद साह र ऋतिक साहलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गरुडा पठाइएको छ।
हाल घटनास्थल शान्त रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण