पहिरोले कर्णाली राजमार्गको कालिकोट सडक खण्ड अवरुद्ध
आइतबार, ०१ भदौ २०८२, १२ : २६
सारांश
- कालिकोट खण्डमा पहिरोका कारण यातायात अवरुद्ध भएको छ।
- गगने खोला, बिहानी, दैलेखको खिड्की ज्यूला लगायतका स्थानमा पहिरो गएको छ।
- कर्णाली करिडोरमा पर्ने फुगाड खोला बढेकाले साना गाडी र मोटरसाइकल चल्न सकेका छैनन्।
कालिकोट । पहिरोका कारण कर्णाली राजमार्गको कालिकोट सडक खण्डका ठाउँ ठाउँमा यातायात अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको वर्षाका कारण पहिरो खस्दा यातायात अवरुद्ध भएको हो ।
कर्णाली राजमार्गको कालिकोटको गगने खोला, बिहानी, दैलेखको खिड्की ज्यूला, जुम्ला र कालिकोटको सिमाना नाग्मा नजिकै सिञ्जा हुँदै मुगु जाने सडकमा पहिरो खस्दा यातायात अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।
उनका अनुसार दैलेखमा शनिबार साँझदेखि नै यातायात अवरुद्ध छ भने कालिकोटको गगने र बिहानीको पहिरो हटाउने काम भइरहेको छ ।
रातिदेखिको अविरल वर्षाले कर्णाली करिडोरअन्तर्गत पर्ने रास्कोट र पचाल झरनाको बिचमा पर्ने फुगाड खोला बढेकाले मोटरसाइकल र साना गाडी तर्न सकेका छैनन् ।
पहिरोले सडक अवरुद्ध भएपछि कालिकोट हुँदै सुर्खेत जाने सवारी विभिन्न ठाउँमा रोकिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण