कैलालीमा १० महिने छोरीसहित महिला मृत फेला
सारांश
- कैलालीको घोडाघोडी नगरपालिकामा एक महिला र उनकी १० महिने छोरी मृत फेला परे।
- आमा र छोरी गौरीशंकर सामुदायिक वनमा झुन्डिएको अवस्थामा फेला परेका थिए।
- प्रहरीले घटनाको अनुसन्धान गर्दै शव परीक्षणका लागि अस्पताल पठाएको छ।
धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा एक महिला आफ्नी १० महिने छोरीसहित मृत फेला परेकी छिन् । उनीहरू साउन २९ गतेदेखि घरबाट बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार घोडाघोडी नगरपालिका–७ की २१ वर्षीया आरतीकुमारी डगौरा र उनकी छोरी अनुजा चौधरी घर नजिकैको गौरीशंकर सामुदायिक वनमा झुन्डिएको अवस्थामा आइतबार मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार सिंहले दिएको जानकारीअनुसार आमा र छोरी एउटै रूखमा फरक–फरक पासोमा झुन्डिएको अवस्थामा भेटिएका थिए ।
साउन २९ गतेदेखि छोरीसहित बेपत्ता भएकी आरतीको परिवारले प्रहरीमा खोजीका लागि निवेदन दिएको थियो । खोजी गर्ने क्रममा शनिबार उनीहरूको शव फेला परेको हो ।
प्रहरीले घटनास्थलको मुचुल्का गरी शव परीक्षणका लागि टीकापुर अस्पतालमा पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । डगौरा आफ्ना श्रीमान्, सासू र देवरदेउरानीसँग बस्दै आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण