नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ
आइतबार, ०१ भदौ २०८२, २१ : ५९
सारांश
- बाँकेको नेपालगञ्जमा प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा १७ वर्षीय समिर ढपाली र राजन सोनकार छन्, उनीहरू बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन्।
- प्रहरीका अनुसार पक्राउ परेका दुवै जना भारतीय नागरिक हुन् र घटनाको थप अनुसन्धान भइरहेको छ।
नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोस्ट बसपार्कको टोलीले बसपार्क क्षेत्रबाट एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित नेपालगञ्ज–९ बस्ने १७ वर्षीय समिर ढपाली र वडा नं १३ बस्ने राजन सोनकारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।
उनले ने १ ह ४५०२ नंको ई–रिक्सामा पुष्पलाल चोकबाट बसपार्कतर्फ आउँदै गरेको अवस्थामा उनीहरूलाई पेस्तोल र गोलीसहित पक्राउ गरिएको बताए ।
दुवै जनामाथि थप अनुसन्धान सुरु भएको र उनीहरू भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । दुई दिनअघि मात्र प्रहरीले गोली चलाएर लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको थियो । तीमध्ये दुई जना भारतीय नागरिक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण