दुर्गा प्रसाईंले गरे दल खोल्ने घोषणा
सारांश
- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जेलबाट छुटेपछि राजनीतिक दल खोल्ने घोषणा गरेका छन्।
- उनले आफू सफल व्यवसायी भएपनि देश र जनताको अवस्था देखेर दल खोल्ने निर्णय लिएको बताए।
- प्रसाईंले राष्ट्रिय स्वाभिमान, सुशासन र नागरिकको रक्षाका लागि राजनीतिमा आउने बताए।
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । जेलबाट छुटेपछि आइतबार पहिलोपटक पत्रकार गरेको सम्मेलनमार्फत प्रसाईंले दल खोल्ने घोषणा गरेका हुन् ।
आफू एक सफल व्यवसायी भएपनि देश र जनताको अवस्था टुलुटुलु हेरेर बस्न नसकेकोले राजनीतिक दल खोल्ने निश्चय गरेको उनले दाबी गरे ।
‘म राजनीतिक चेत बोकेको एक सफल व्यवसायी हुँ । देशको वर्तमान अवस्था देश र जनतामाथि भएको लुटपाट टुलुटुलु हेरेर बस्न शान्ति र अमनचयनको अनुभूति मैले गर्न सकिन । मेरा लागि म र परिवार भन्दा पनि नेपाल र नेपाली प्राथमिकताका विषय बन्न पुगेका छन् । तसर्थ मुलुक र मुलुकवासीको अवस्था परिवर्तनका लागि राष्ट्रिय स्वाभिमान, स्थिर शासन, रोजगारी, सुशासन, राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिकको रक्षाका लागि म लगायत हाम्रो अभियानका साथीहरूले राजनीतिक दल दल खोली राजनीतिमा संलग्न हुने अठोट गरेका छौँ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण