बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

बाबुको क्रिया बसिरहेका छोरीहरूको प्रशंसा गर्दै प्रधानमन्त्रीले दिए समवेदना

सोमबार, ०२ भदौ २०८२, १९ : २४
सोमबार, ०२ भदौ २०८२

काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेका समाजसेवी स्व. हरिप्रसाद सापकोटाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले टेलिफोनमार्फत बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा, बौद्धिक परिषद् काभ्रेका कोषाध्यक्ष निर्मला सापकोटा र नेकपा (एमाले) धादिङकी सचिव राधिका सापकोटासहित परिवारका सदस्यसँग कुरा गर्दै बाबुको क्रिया कर्ममा देखाइएको साहस, सामाजिक चेतना र रूपान्तरणतर्फको प्रतिबद्धताको प्रशंसा गरेको जानकारी स्व.सापकोटाको छोरी राधिका सापकोटाले दिए।

वि.सं. १९९३ असोज ३ गते जन्मिएका हरि प्रसाद सापकोटा काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नम्बर १ (तत्कालीन रयाले गाविस) का अगुवा तथा सेल्टरदाताको रूपमा परिचित थिए।

२०५३ सालमा श्रीमतीको मृत्युभएपछि गाउँबासीले हरि प्रसादलाई छोरा नभएको भनेर गरेको हेलाँ र दुर्व्यवहार विरुद्ध छोरीहरूलाई समाज परिवर्तनको अभियानमा लगाएर आमा र बाबु दुवैको कर्तव्य निभाउँदै आएको थियो ।

समाज परिवर्तनमा योगदान पुर्‍याउँदै उदाहरणीय जीवन बिताएका सापकोटाको २०८२ साउन २५ गते ८९ वर्षको उमेरमा निधन भएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप