अभिनेता अच्युत पोतदारको निधन
सारांश
- प्रसिद्ध हिन्दी र मराठी अभिनेता अच्युत पोतदारको ९१ वर्षको उमेरमा निधन भयो।
- पोतदारलाई मुम्बईको अस्पतालमा आईसीयूमा भर्ना गरिएको थियो र उनको अन्तिम संस्कार ठाणेमा गरिनेछ।
- उनले ८० को दशकमा अभिनय सुरु गरेका थिए र आक्रोश, अर्ध सत्य जस्ता फिल्महरूमा काम गरे।
नयाँ दिल्ली । हिन्दी र मराठी फिल्मका चर्चित चरित्र अभिनेता अच्युत पोतदारको मृत्यु भएको छ । सोमबार राति मुम्बईसँग जोडिएको ठाणे जिल्लाको जुपिटर अस्पतालमा उनको निधन भयो ।
उनलाई सोमबार अस्पतालको आईसीयूमा गम्भीर अवस्थामा भर्ना गरिएको थियो । अस्पताल स्रोतले अच्युत पोतदारको मृत्युको पुष्टि गरेको छ । कयौं नाटक, हिन्दी–मराठी टिभी सिरियल र फिल्महरूमा अभिनय गरेका पोतदार ९१ वर्षका थिए । उनको अन्तिम संस्कार आज ठाणेमा गरिनेछ ।
८० को दशकमा अभिनयको दुनियाँमा प्रवेश गरेका अच्युत पोतदारले आक्रोश, अर्ध सत्य, तेजाब, परिंदा, रंगीला, लगे रहो मुन्नाभाई र थ्री इडियट्स जस्ता धेरै ठुला हिन्दी फिल्महरूमा काम गरे । यसबाहेक उनले ९० भन्दा बढी टिभी सिरियल र २५ भन्दा बढी नाटकहरूमा पनि अभिनय गरेका थिए। मध्य प्रदेशको जबलपुरमा जन्मेका अच्युत पोतदार आफ्नो करियरको सुरुवाती दिनहरूमा रेवामा शिक्षक थिए । त्यसपछि १९६२ मा उनी आपतकालीन आयोग अन्तर्गत सेनामा भर्ती भएका थिए ।
यसपछि उनले सरकारी तेल कम्पनीमा काम गरेका थिए भने । थिएटर कलाकार सत्यदेव दुबेसँग रङ्गमञ्चमा अभिनय पनि गर्न थाले । १९६७ मा सेनामा क्याप्टेन पदबाट अवकाश लिएपछि अच्युत पोतदारले अवकाश नआउन्जेलसम्म इन्डियन आयल कर्पोरेसनमा वरिष्ठ पदमा काम गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण