सिसडोल–बञ्चरेडाँडा ल्याण्डफिल साइटको विकल्पको अध्ययन गर्दैछौँ : उपप्रधानमन्त्री सिंह
सारांश
- उपप्रधानमन्त्री प्रकाशमान सिंहले बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका लागि पूर्वाधार निर्माण भइरहेको बताए।
- मन्त्रीका अनुसार, महानगरलाई सेनेटरी ल्याण्डफिल साइटसहितका पूर्वाधार हस्तान्तरण गरिएको छ।
- मन्त्री सिंहले सिसडोल र बञ्चरेडाँडाको विकल्प खोज्ने र स्थानीय समस्या समाधान गर्ने बताए।
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाको दीर्घकालीन फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडामा आवश्यक पूर्वाधार निर्माण कार्य भइरहेको बताएका छन् ।
राष्ट्रिय सभाको मंगलवारको बैठकमा मन्त्रालयसँग सम्बन्धी मौखिक प्रश्नको जवाफ दिँदै उनले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको लागि निर्माण गरिएको सेनेटरी ल्याण्डफिल साइटसहितको पूर्वाधार कार्य महानगरलाई हस्तान्तरण गरिएको समेत बताएका हुन् ।
उनका अनुसार सहरी विकास तथा भवन निर्माण विभागमार्फत करिब ४० मिटर उचाइको बारमध्ये हाल २५ मिटर उचाइको बारसहित सम्पूर्ण भौतिक संरचना निर्माण कार्य पूरा भई सञ्चालनको लागि महानगरलाई उपलब्ध गराइएको छ । त्यसको उचाइ बढाउन खरिद प्रक्रिया अगाडि बढेको उनको भनाइ छ ।
मन्त्री सिंहले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रयोगमा रहेका सिसडोल र बञ्चरेडाँडा स्यानेटरी ल्याण्डफिल साइटका विकल्पको अध्ययन गर्ने, सिसडोल क्षेत्रमा देखिएका समस्या समाधान गर्ने र स्थानीय माग सम्बोधन गर्नेतर्फ मन्त्रालय निरन्तर सक्रिय रहेको दाबी गरे । उनले बञ्चरेडाँडामा फोहोर व्यवस्थापनलाई वैज्ञानिक ढङ्गले अघि बढाउन महानगरपालिकासँग सहकार्य भइरहेको समेत बताए ।
उनले भने, बञ्चरेडाँडामा काठमाडौँमा महानगरको फोहोर व्यवस्थित ढङ्गले विसर्जन गर्ने फोहोरबाट उत्पन्न ब्याक्टेरियाको नियन्त्रण गर्ने, कुहिने र नकुहिने फोहोरको वर्गीकरण गरी विद्युत् उत्पादन गर्ने, कम्पोस्ट मल बनाउने तथा कच्चा पदार्थ प्रशोधन केन्द्र स्थापना गर्ने तथा स्थानीयवासीको समस्या समाधान गर्ने जस्ता विषयहरूमा काठमाडौँ महानगरपालिका र अन्य सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य हुँदै आएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण