एउटा आँखा अस्पतालद्वारा एक वर्षमा ५३ हजारको आँखा जाँच
सारांश
- डा. विनोद निता कँडेल आँखा अस्पतालले एक वर्षमा ५३ हजारभन्दा बढीको आँखा जाँच गरेको छ।
- अस्पतालले ओपीडी सेवा, विभिन्न उपकेन्द्र, विद्यार्थी आँखा जाँच कार्यक्रम र शिविरमार्फत सेवा दिएको छ।
- अस्पतालमा भारतीय नागरिकको संख्या उल्लेख्य रहेको छ, जसले सस्तो शुल्कमा उपचार लिन्छन्।
बुटवल । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको नेपाल नेत्रज्योति संघअन्तर्गत रहेको डा. विनोद निता कँडेल आँखा अस्पतालले एक वर्षमै ५३ हजारभन्दा बढीको आँखा जाँच गरेको छ ।
अस्पतालका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा नियमित ओपीडी सेवा, विभिन्न उपकेन्द्र, विद्यार्थी आँखा जाँच कार्यक्रम र शिविरमार्फत ५३ हजार ४सय २८ जनाको आँखाको परीक्षण गरिएको हो ।
अस्पतालका व्यवस्थापन अजय पाण्डेका अनुसार यीमध्ये १२ हजार ९४९ भारतीय नागरिकले ओपीडी सेवा लिएका हुन् । भारतका विभिन्न ठाउँबाट यहाँ आँखाको शल्यक्रिया गराउन यस अस्पताल आउने गरेका छन् ।
यस अस्पतालमा सेवा सुल्क सस्तो तथा कतिपय अवस्थामा निःशुल्क पनि उपचार हुने भएकाले भारतीय नागरिकको लर्को लाग्ने गरेको पाण्डेले बताए । २०४५ सालमा स्थापना भएको यो आँखा अस्पतालले गुणस्तर पक्षलाई ध्यान दिएको उनी दाबी गर्छन् । गत वर्ष पनि अस्पतालमा ३७ हजार ६ सय ३२ जना सेवाग्राहीले ओपीडीबाट सेवा लिएका थिए ।
यसबाहेक अस्पतालअन्तर्गत सञ्चालित चार वटा उपकेन्द्रहरू सुनवल, सरावल, प्रतापपुर र सुस्तामार्फत २ हजार ६२९ जनाले सेवा लिएका छन् ।
यस्तै विभिन्न स्थानमा सञ्चालित निःशुल्क शिविरहरूबाट ५ हजार ५८८ जनाको आँखाको परीक्षण गरिनुका साथै १ हजार ४ सय जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । विद्यालयकेन्द्रित विद्यार्थी आँखा जाँच कार्यक्रमअन्तर्गत ७ हजार ३४६ जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ भने परीक्षणपछि ३७० जना विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिएको छ । अस्पतालमार्फत १ हजार ४८९ जनाको मेजर शल्यक्रिया र ६७ जनाको माइनर शल्यक्रिया गरिएको अस्पतालले जानकारी दिएको हो ।
पाण्डेका अनुसार अस्पतालले सेभ फाउन्डेसन, डाक नेपाललगायत अन्तर्राष्ट्रिय सहयोगी तथा विभिन्न संस्थाको सहकार्यमा नेपाल नेत्रज्योति संघको निर्देशनअनुसार गुणस्तरीय सेवा दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण