वाङ यीसँग भेटेपछि मोदीले के भने ?
सारांश
- चीनका विदेशमन्त्री वाङ यीले भारत भ्रमणको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्।
- चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति सी जिनपिङको सन्देश र एससीओ शिखर सम्मेलनको निम्तो हस्तान्तरण गरे।
- प्रधानमन्त्री मोदीले एससीओ शिखर सम्मेलनमा हुने भेटका लागि सहमति जनाउँदै दुई देशबीचको सम्बन्धलाई सकारात्मक बताए।
नयाँ दिल्ली । दुई दिने भारत भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् ।
प्रधानमन्त्री कार्यालयबाट जारी प्रेस विज्ञप्ति अनुसार चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति सी जिनपिङको सन्देश र तियानजिनमा आयोजना हुने एससीओ शिखर सम्मेलनको निमन्त्रणा प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।
प्रधानमन्त्री मोदीले राष्ट्रपति सीलाई यो निमन्त्रणाको लागि धन्यवाद दिँदै आफ्नो सहमति पनि व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा भेटघाटको तस्वीर सेयर गरेका छन् ।
उनले लेखेका छन्, ‘विदेशमन्त्री वाङ यीलाई भेट्न पाउँदा खुसी लाग्यो। गत वर्ष कजानमा राष्ट्रपति सीसँगको मेरो भेटपछि, भारत-चीन सम्बन्धले पारस्परिक हित र संवेदनशील मुद्दाहरूको सम्मान गर्दै निरन्तर प्रगति गरेको छ। म एससीओ शिखर सम्मेलनको क्रममा तियानजिनमा हुने हाम्रो अर्को भेटको लागि तत्पर छु।’
प्रधानमन्त्री मोदीले भारत र चीनबिचको बलियो र सकारात्मक सम्बन्धले यस क्षेत्रमा मात्र नभई विश्वभर शान्ति र विकासलाई प्रवर्द्धन गर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण