क्यानडाको आर्थिक सूचकाङ्कमा सुधार, मूल्य स्थिर
सारांश
- क्यानडामा जुलाई महिनामा मुद्रास्फीति दर १.७ प्रतिशतमा झर्यो, पेट्रोलियम पदार्थको मूल्य घट्दा यसमा सहयोग पुग्यो।
- इरान र इजरायलबीचको युद्धविरामले कच्चा तेलको मूल्य घटाएपछि पेट्रोलको मूल्यमा गिरावट आयो।
- विश्लेषकहरूले आगामी सेप्टेम्बरमा क्यानडाको केन्द्रीय बैंकले ब्याजदर घटाउने अनुमान गरेका छन्।
ओटावा । क्यानडाको वार्षिक मुद्रास्फीति दर जुलाई महिनामा घटेर १.७ प्रतिशतमा पुगेको छ । यो गिरावट मुख्यतः पेट्रोलियम पदार्थको मूल्यमा आएको कमीका कारण भएको बताइएको छ ।
स्ट्याटिस्टिक्स क्यानडाका अनुसार,“इरान र इजरायलबिचको युद्धविरामपछि कच्चा तेलको मूल्यमा आएको गिरावटका कारण पेट्रोलको मूल्य ०.७ प्रतिशतले घटेको छ । यस घटनाले मध्यपूर्वमा सम्भावित युद्धको जोखिम कम भएको सङ्केत दिएको छ ।”
जुन महिनामा मुद्रास्फीति दर १.९ प्रतिशत थियो । त्यस बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिका कारण केही वस्तु, विशेषतः सवारी साधनहरूको मूल्यमा वृद्धि देखिएको थियो ।
राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुआतसँगै क्यानडामाथि भन्सार शुल्क लगाउन थालेपछि केही विश्लेषकहरूले मुद्रास्फीति दर उच्च हुने सम्भावनाको बारेमा चिन्ता व्यक्त गरेका थिए । उनीहरूले केन्द्रीय बैङ्क ब्याजदर पुनः बढाउन बाध्य हुन सक्ने चेतावनीसमेत दिएका थिए ।
तर जुलाई महिनाको तथ्याङ्कले ती भन्सार शुल्कहरूको प्रभाव धेरै वस्तुहरूमा अपेक्षाकृत न्यून देखाएको छ ।
डेजार्डिन्स संस्थाका विश्लेषक रोयस मेंडेसका अनुसार, “पछिल्ला मुद्रास्फीति दरले हाम्रो अनुमानलाई पुष्टि गर्छ, जसअनुसार धेरै भन्सार–सम्बन्धित मूल्य वृद्धिहरू मार्च र अप्रिल महिनामै भइसकेका थिए ।”
उनले थप स्पष्ट पार्दै भने, “हालका मूल्य प्रवृत्तिहरूले देखाउँछन् कि ती वस्तुहरूको मूल्य वृद्धिदर अहिले सामान्य अवस्थामा फर्कँदै गएको छ ।”
मुद्रास्फीति दर सुरक्षित दायरामा रहेकोले, क्यानडाको केन्द्रीय बैङ्कले आगामी सेप्टेम्बर महिनामा ब्याजदरमा पुनः कटौती गर्ने सम्भावना रहेको मेंडेसको भनाइ छ । बैङ्कले पछिल्ला तीन बैठकमा ब्याजदर अपरिवर्तित राख्दै आएको थियो ।
प्रधानमन्त्री मार्क कार्नीले यसअघि अगस्त महिनाको सुरुआतमा जानकारी गराउँदै क्यानडा–अमेरिका बिचको करिब ८५ प्रतिशत व्यापार अहिले पनि दुई देशबिच शुल्करहित रूपमा सञ्चालन भइरहेको भनेका थिए । ट्रम्प प्रशासनले हालसम्म उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता अन्तर्गत रहेका वस्तुहरूमा कर छुट कायम राखेको छ ।
यद्यपि, यदि सो सम्झौतालाई अमेरिकी प्रशासनले पूर्ण रूपमा खारेज गर्यो वा आगामी वर्ष पुनरावलोकनका क्रममा ठुला संशोधनहरू गरियो भने, क्यानडाको अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने विश्लेषकहरूको धारणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण