अफगान आप्रवासी बोकेको बस दुर्घटना : १७ बालबालिका समेत ७३ को मृत्यु
सारांश
- हेरातमा भएको सडक दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ, जसमा १७ बालबालिका थिए।
- इरानबाट निर्वासित अफगान आप्रवासी बोकेको बस ट्रक र मोटरसाइकलसँग ठोक्किएर आगलागी भएको थियो।
- दुर्घटनामा बसमा सवार सबै यात्रु र अन्य दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो, जसमा बस चालकको लापरबाही देखिन्छ।
काबुल । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा भएको भीषण सडक दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ। मृतकमध्ये १७ बालबालिका रहेको तालिबान अधिकारीहरूले पुष्टि गरेका छन्।
तालिबानको हेरात प्रान्तीय सूचना तथा संस्कृति निर्देशक अहमदुल्लाह मत्ताकीका अनुसार इरानबाट निर्वासित गरिएका अफगान आप्रवासी बोकेको बस मंगलबार राति एक ट्रक र मोटरसाइकलसँग ठोक्किँदा आगलागी भएको हो।
बस काबुलतर्फ जाँदै थियो। दुर्घटनामा बसभित्र रहेका सबै यात्रु र अन्य सवारीसाधनका दुई जनाको घटनास्थलमै मृत्यु भएको मत्ताकीले बीबीसी पश्तोलाई बताएका छन्।
हेरात प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद युसुफ सईदीले एएफपीसँग कुरा गर्दै सबै यात्रु इस्लाम काला (इरान–अफगान सीमा नजिक) बाट बसमा चढेका आप्रवासी रहेको जानकारी दिए ।
हेरात प्रहरीले बस चालकको ‘अत्यधिक गति र लापरबाही’का कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
-
काठमाडौँको मुलपानीमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते
-
गणेश नेपालीको अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ वीर अस्पतालमा
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण