खैरो हेराेइनसहित मोरङबाट दुई जना भारतीय नागरिक पक्राउ
बुधबार, ०४ भदौ २०८२, १० : ४८
सारांश
- मोरङको रङ्गेलीमा प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा भारतका इम्तियाज अन्सारी र नुर हसन रहेका छन्, र उनीहरू १११ ग्राम बढी हेरोइनसहित पक्राउ परेका हुन्।
- उनीहरूले भारतबाट नेपालमा लागूऔषध बेच्ने उद्देश्यले ल्याएको बताएका छन्।
काठमाडौँ । प्रहरीले मोरङको रङ्गेली नगरपालिका–५ स्थित चाँदनी चोकबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार घर भएका २९ वर्षीय इम्तियाज अन्सारी र ३१ वर्षका नुर हसन छन् ।
मंगलबार भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेर उनीहरूको साथबाट १११ ग्राम २७० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।
आरोपी इम्तियाजले कम्ब्याट ट्राउजरको अगाडी कम्मरमा पेटिलाइनमा लागुऔषध लुकाएर ल्याएका थिए । नेपालमा बेच्ने उद्देश्यले भारतबाट सो लागुऔषध ल्याएको उनीहरूले प्रहरीलाई बयान दिएका छन् । ब्युरोको टोलीले पक्राउ गरेर उनीहरूलाई इलाका प्रहरी कार्यालय रङ्गेलीमा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण