ट्रम्प प्रशासनद्वारा गुप्तचर विभागका अधिकारीहरू विरुद्ध कारबाही
सारांश
- ट्रम्प प्रशासनले गुप्तचर विभागका ३७ अधिकारीहरूको सुरक्षा अनुमति खारेज गरेको छ।
- अधिकारीहरूले गुप्तचर जानकारीको दुरुपयोग, जानकारी सुरक्षित राख्न नसकेको आरोप लागेको छ।
- आरोप प्रमाणित गर्न कुनै प्रमाण पेश नगरिएको र सुरक्षा अनुमति विशेषाधिकार मात्रै भएको बताइएको छ।
वासिङ्टन डीसी । ट्रम्प प्रशासनले गुप्तचर विभागका अधिकारीहरू विरुद्ध ठुलो कारबाही गरेको छ । प्रशासनले गुप्तचर विभागका ३७ वर्तमान र पूर्व राष्ट्रिय सुरक्षा अधिकारीहरूको सुरक्षा क्लियरेन्स खारेज गरेको हो ।
राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गबार्डले मङ्गलवार जारी गरेको पत्रमा यी अधिकारीहरू विरुद्ध धेरै आरोप लगाइएको छ । पत्रमा अधिकारीहरूले व्यक्तिगत वा पक्षपातपूर्ण लक्ष्य अगाडि बढाउन गुप्तचर जानकारीको दुरुपयोग गरेको, जानकारी सुरक्षित राख्न असफल भएको,पेशेवर विश्लेषणात्मक व्यावसायिक मापदण्डहरू पालना नगरेको र अन्य असङ्गत हानिकारक आचरण गरेको आरोप लगाइएको छ ।
यद्यपि, आरोपहरू प्रमाणित गर्न कुनै प्रमाण भने दिइएको छैन । सुरक्षा क्लियरेन्स पाउनु एक विशेषाधिकार भएको अनि यो अधिकार नभएको पनि गबार्डले विज्ञप्तिमा लेखेकी छिन् ।
सुरक्षा क्लियरेन्स खारेज गरिएका धेरै अधिकारीहरूले धेरै वर्ष अघि वरिष्ठ राष्ट्रिय सुरक्षा पद र तल्लो तहमा काम गरेपछि सरकार छोडेका थिए । केहीले चाहिँ ट्रम्पलाई लामो समयदेखि रिस उठाउने मामिलाहरूमा काम गरेका थिए ।
यसमा २०१६ मा अमेरिकी चुनावमा रुसको हस्तक्षेपको कुरा लुकाउने अधिकारीहरू पनि समावेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण