दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ १२ र १३ गते हुने
बुधबार, ०४ भदौ २०८२, १४ : २५
सारांश
- हिमालयन फुटबल क्लबले दोस्रो हिमालयन फुटसल गोल्डकप भदौको दोस्रो हप्ता आयोजना गर्ने भएको छ।
- प्रतियोगितामा विजेताले तीन लाख र उपविजेताले एक लाख पाउनेछन्।
- टिम दर्ताको लागि १५ हजार तोकिएको छ भने खेल तालिका भदौ १० गते सार्वजनिक हुनेछ।
काठमाडौँ । हिमालयन फुटबल क्लबको आयोजना दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता हुने भएको छ । बुधबार पत्रकार सम्मेलनमार्फत आयोजकले यहि भदौ १२ र १३ गते हुने जानकारी दिएको हो ।
प्रतियोगिताको विजेताले तीन लाख पाउनेछ भने उपविजेताले एक लाख पाउनेछ। यस्तै विधागततर्फ अनुशासित टिमले २० हजार पाउनेछ। सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले समान १० हजार पाउनेछ भने उत्कृष्ट म्यानेजर र उत्कृष्ट कोचले समान ५ हजार पाउनेछ।
टिम दर्ताको लागि १५ हजार तोकिएको छ। टिम दर्ताको लागि ५ गतेसम्म मिति तय गरिएको छ भने खेल तालिका भदौ १० गते सार्वजनिक हुनेछ। प्रतियोगितामा काठमाडौँ उपत्यका भन्दा बाहिरबाट आउने टिमलाई खाना र आवासको व्यवस्थापन आयोजकले नै गरेको क्लबका अध्यक्ष विनोद कार्कीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण