संसद् बैठक
राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन अविलम्ब गर्न माओवादीको माग
बुधबार, ०४ भदौ २०८२, १४ : ३३
सारांश
- माओवादी केन्द्रले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन तत्काल गर्न माग गरेको छ।
- माओवादी प्रमुख सचेतक हितराज पाण्डेले समितिको काम अगाडि बढाउन आग्रह गरे।
- पाण्डेले 'कुलिङ अफ पिरियड' प्रकरणमा छानबिन प्रतिवेदन कार्यान्वयनको माग गरे।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन अविलम्ब गर्न माग गरेको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले समिति सभापतिको तत्काल निर्वाचन गरेर समितिको काम अगाडि बढाउन माग गरेका हुन् ।
‘राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन अविलम्ब गरी समितिको कामलाई अविलम्ब अगाडि बढाउन सम्माननीय सभामुखलाई हार्दिक आग्रह गर्दछु,’ प्रमुख सचेतक पाण्डेले भने ।
उनले ‘कुलिङ अफ पिरियड’ छेडखानी काण्डमा संसदीय विशेष छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न पनि माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण