दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि हमला
सारांश
- दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि बुधबार बिहान मुख्यमन्त्री निवासमा आक्रमण भयो।
- आक्रमणकारीले गुप्ताको हात समातेर तानेको र उनी टेबलको कुनामा ठोक्किएर टाउकोमा चोट लागेको बताइएको छ।
- आक्रमणकारीलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ र उनी गुजरातका बासिन्दा हुन्।
नयाँदिल्ली । दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि हमला भएको छ । बुधवार बिहान मुख्यमन्त्री निवासमा सार्वजनिक सुनुवाइको क्रममा गुप्तामाथि आक्रमण भएको हो । मिडिया रिपोर्टका अनुसार उनलाई थप्पड हानिएको थियो ।
आरोपीले मुख्यमन्त्रीको हात समातेर तानेको दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सचदेवाले भनेका छन् । यसक्रममा गुप्ता टेबलको कुनामा ठोकिइन् । उनको टाउकोमा चोट लागेको बताइएको छ । यस घटनालाई सचदेवाले गलत भनेका छन् ।
आक्रमणको पुष्टि गर्दै दिल्लीकी मुख्यमन्त्री कार्यालयले पनि एक विज्ञप्ति जारी गरेको छ । ‘आज सार्वजनिक सुनुवाइको क्रममा एक व्यक्तिले मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण गरे । आक्रमणकारीलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ । उनीसँग सोधपुछ भइरहेको छ’ विज्ञप्तिमा भनिएको छ ।
मिडिया रिपोर्टका अनुसार आरोपीले आफ्नो नाम राजेशभाई खिमजीभाई सकरिया बताएका छन् । उनको उमेर ४१ वर्ष भएको बताइएको छ । उनी गुजरातको राजकोटका बासिन्दा हुन् ।
यो घटनापछि दिल्लीका मुख्य सचिव र धेरै मन्त्रीहरू रेखा गुप्ताको अवस्था जान्न मुख्यमन्त्री निवास पुगेका थिए । मुख्यमन्त्रीको उपचार निवासमै भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण