‘जनै हराएको मान्छे’ को प्रिमियर सम्पन्न, भदौ ६ गतेदेखि प्रदर्शनमा
सारांश
- भदौ ६ गते रिलिज हुने नेपाली चलचित्र ‘जनै हराएको मान्छे’ को प्रिमियर सम्पन्न भयो।
- काठमाडौँको आइप्लेक्स मलमा प्रिमियर सम्पन्न भएको थियो, जसमा मुख्य कलाकारहरूको उपस्थिति थियो।
- फिल्मले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ र यसमा विजय बराल, केकी अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । भदौ ६ गते रिलिज हुने नेपाली चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ को प्रिमियर सम्पन्न भएको छ ।
बुधबार काठमाडौँको आइप्लेक्स मलस्थित वान सिनेमामा भव्यताका साथ चलचित्रको प्रिमियर सम्पन्न भएको हो ।
शुक्रबारदेखि हलमा लाग्ने यो फिल्मले केही दिनअघि मात्र सेन्सर बोर्डबाट सबै वर्गका दर्शकका लागि हेर्न मिल्ने गरी युनिभर्सल सर्टिफिकेट पाएको हो। २ घण्टा २३ मिनेटको चलचित्र प्रिमियरमा प्रमुख कलाकारहरूको उपस्थिति थियो।
चलचित्रमा विजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतका कलाकारको अभिनय रहेको छ।
पेपरक्लिप ब्यानरमा बनेको यस चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिल्सिना, चूडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन्।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको फिल्ममा नवीन गुरुङ डिओपी तथा कृष्ण परियार सिनेमेटोग्राफर छन्। कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक र तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा तथा आकाश केसी सहायक निर्देशक रहेका छन्। चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्।
फिल्मको वितरण काफिया फिल्म्सले गरेको हो।
_4pGORaVK3f.jpg)
_UWXx7hbp1O.jpg)
_vVitDjWIXD.jpg)
_MH8gBLghan.jpg)
_P1Ijh7c2Rg.jpg)
_1R49THHxGB.jpg)
_DIY7OScgYd.jpg)
_arkD96ShBS.jpg)
_XYi1rMex44.jpg)
_GZMU6iHnfl.jpg)
_61tNO04PWP.jpg)
_1NLVC2gKFu.jpg)
_s1aimvvYTI.jpg)
_2dLeIjOPin.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण