निजी विद्यालयलाई गैरनाफामुलक बनाउँदा नेपालको शिक्षा स्तर झनै खस्किन्छ: राप्रपा सांसद जैसवाल
बिहीबार, ०५ भदौ २०८२, १० : २७
सारांश
- राप्रपा सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामुलक बनाउँदा शिक्षाको स्तर खस्किने बताइन्।
- उनले कम्पनी ऐनअनुसार सञ्चालित विद्यालयलाई गैरनाफामुलक बनाउनु उचित नभएको बताइन्।
- सांसद जैसवालले निजी विद्यालयले नाफा नकमाए अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन नसक्ने तर्क गरिन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामुलक बनाउने कुराले नेपालमा शिक्षाको स्तर झनै खस्किने बताइन् । बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताए ।
उनले कम्पनी एक्टअनुसार सञ्चालन भइरहेको छ भने त्यसलाई गैरनाफामुलक कुरा सही नभएको बताइन् । उनले निजी विद्यालयहरूले नाफा नै नकमाउने हो भने अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन नसक्ने जिकिर गरिन् ।
सांसद जैसवालले शिक्षा सेवामूलक मात्रै हुनुपर्ने भन्ने कुरा सही नभएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण