माइक्रोसफ्ट मुख्यालयमा विरोध, १८ कर्मचारी पक्राउ
सारांश
- इजरायलको सैन्य कारबाहीमा माइक्रोसफ्टको प्रविधि प्रयोग भएको विरोधमा कर्मचारीले प्रदर्शन गरे।
- प्रदर्शनकारीहरूले इजरायलसँगको व्यापारिक सम्बन्ध अन्त्य गर्न माग गर्दै नारा लगाए।
- प्रहरीले प्रदर्शन नियन्त्रणमा लिँदा १८ जना पक्राउ परे, किनकि प्रदर्शन हिंस्रक बन्यो।
क्यालिफोर्निया । गाजामाथि इजरायलको सैन्य कारबाहीमा माइक्रोसफ्टको प्रविधि प्रयोग गरिएको आरोप लगाउँदै कम्पनीका कर्मचारीहरूले मुख्यालयमै गरेको विरोध प्रदर्शनलाई प्रहरीले नियन्त्रणमा लिँदा १८ जना पक्राउ परेका छन्।
दुई दिनदेखि जारी विरोधमा आक्रोशित कर्मचारीहरूले माइक्रोसफ्टलाई इजरायलसँगको व्यापारिक सम्बन्ध तत्काल अन्त्य गर्न माग गरेका थिए। मंगलबार कम्पनीको प्लाजामा करिब ३५ जना भेला भए पनि प्रहरीले उनीहरूलाई शान्तिपूर्ण रूपमा हटाएको थियो। तर बुधबार प्रदर्शन हिंस्रक रूप लिएपछि प्रहरीले हस्तक्षेप गरेको हो।
प्रदर्शनकारीहरूले कम्पनीको लोगो भएको साइनबोर्डमा रगतजस्तो रातो रंग छ्याप्नुका साथै सम्पत्तिमा क्षति पु-याएका थिए। रेडमन्ड प्रहरी विभागका अनुसार उनीहरू अवैध रूपमा भेला भई जिद्दी र आक्रामक बनेपछि कारबाही गर्नुपरेको हो। प्रहरीसँग झडपसमेत भएको बताइएको छ।
गाजा र वेस्ट बैंकमा प्यालेस्टिनीहरूलाई निगरानी गर्न सङ्कलित फोन डेटा भण्डारणका लागि इजरायली सेनाले माइक्रोसफ्टको एज्युर क्लाउड प्लेटफर्म प्रयोग गरिरहेको खुलासा भएपछि विवाद चर्किएको हो। यसबारे माइक्रोसफ्टले गत हप्तामै कानूनी फर्ममार्फत अनुसन्धान गर्ने आश्वासन दिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण