नेपालको सहमतिविना गरिएका निर्णयहरूलाई नेपालले अस्वीकार गर्नुपर्छ : शर्मा
बिहीबार, ०५ भदौ २०८२, २० : ५४
सारांश
- माओवादी नेता जनार्दन शर्माले नेपालको सहमति बिना गरिएका निर्णय अस्वीकार गर्नुपर्ने बताए।
- उनले मित्र राष्ट्रहरूले नेपालको भूमि प्रयोग गर्दा नेपालको सहमति आवश्यक रहेको बताए।
- शर्माले त्रिदेशीय सहमति बिना हुने निर्णय नेपालले स्वीकार नगर्ने कुरा प्रष्ट पारे।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले नेपालसँग सहमति विना गरिएका कुनै पनि निर्णय नेपालले अस्वीकार गर्नुपर्ने बताएका छन् ।
शर्माले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै नेपालका मित्रराष्ट्रहरूले नेपालको भूमि प्रयोग गर्ने विषयमा नेपालको सहमति विना गरेका निर्णयलाई नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि हस्तक्षेपको रूपमा व्याख्या गरेका छन् ।
उनले त्रिदेशीय सहमति विना हुने यस्ता निर्णयहरूलाई नेपालले स्वीकार्न नसक्ने स्पष्ट उल्लेख गर्दै सरकारले कूटनीतिक माध्यममार्फत गम्भीरतापूर्वक यस विषयको समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
भारत र चीनबिच नेपाली भूभाग लिपुलेक हुँदै सीमा व्यापार व्यापारको सहमति भएसँगै नेपालमा आलोचना हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण