रुपन्देहीमा भन्सार छली गरी ल्याइएको १ करोड ७१ लाखको समान बरामद
सारांश
- रुपन्देहीको लुम्बिनीमा प्रहरीले १ करोड ७१ लाखको अवैध सामग्रीसहित पिकअप जिप बरामद गरेको छ।
- प्रहरीले भन्सार छलेर ल्याइएको विभिन्न सामग्रीसहित चालक नारायण अग्रहरीलाई नियन्त्रणमा लिएको छ।
- बरामद गरिएका सामग्रीमा फ्लेवर, भेप, मिक्सर र प्लास्टिक लगायतका सामानहरु छन्।
बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट प्रहरीले पिक अप जिपसहित १ करोड ७१ लाख मूल्यको अवैध सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुधबार लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवारबाट लु २ च ६३०३ नम्बरको जिपमा भन्सार छलि गरि ल्याएकाे सामग्री बरामद गरिएको हो ।
ईलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी विट महिलवारबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिल बिजक नभएको १ करोड ७१ लाख २५ हजार मूल्य पर्ने सामग्री बरामद गरेको हो । जिप चालक मायादेवी गाउँपालिका ४ बस्ने ३० वर्षीय नारायण अग्रहरीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले जिपबाट विभिन्न कम्पनीका २७ कार्टुन फ्लेवर, ग्रयाप आईस इलेक्ट्रिक भेप १ हजार ५८० थान, विभिन्न कम्पनीका ४ हजार ३८१ थान ईलेक्ट्रिक भेप, ईलेक्ट्रिक मिक्सर १ थान, प्लास्टिक प्याक गर्ने मेशिन एक थान र १५ केजी र्यापिङ प्लास्टिक बरामद गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सुरज कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण