बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

यी ९५ वर्षीय युद्धबन्दी जो अन्तिम सास फेर्न उत्तर कोरिया फर्कन चाहन्छन्

शुक्रबार, ०६ भदौ २०८२, ०६ : ५८
शुक्रबार, ०६ भदौ २०८२

सारांश

  • आह्नले उत्तर कोरियाली झण्डा समाते, र उनले आफ्नो अन्तिम भावना प्रकट गरे।
  • आह्न कोरियाली युद्धको समयमा पक्राउ परेका थिए र उनले ४२ वर्ष जेल जीवन बिताए।

सियोल । यसै साताको एक बिहान सियोलको महानगरीय रेलमार्गको अन्तिम स्टेसन इमजिनगाङमा असामान्य भीड लागेको थियो । भीडको केन्द्रमा कुनै नेता थिएनन्, बरु ९५ वर्षीय आह्न हाक–सप थिए, जो जीवनको अन्तिम इच्छा पूरा गर्न आफ्नै जन्मभूमि उत्तर कोरियामा फर्कन त्यहाँ पुगेका थिए ।

आह्नले आफ्नो शरीरलाई ‘साँचिकै स्वतन्त्र भूमिमा, साम्राज्यवादमुक्त भूमिमा’ चिर निद्रामा विसाउन चाहेका थिए । तर अपेक्षा अनुसार नै, दक्षिण कोरियाली सरकारले आवश्यक तयारीका लागि समय नभएको भन्दै उनलाई सीमा पार गर्न अनुमति दिएन ।

फोक्सोमा पानी जम्ने रोगबाट पीडित तथा शारीरिक रूपमा कमजोर आह्नलाई ३० मिनेट पैदल हिँडेर पुग्ने युनिफिकेसन ब्रिजसम्म जान सक्ने अवस्था थिएन । त्यसैले दुई समर्थकले उनको शरीर समातेर सघाउँदै उनले गाडीबाट झरेर करिब २०० मिटर टाढासम्म पैदल यात्रा गरे ।

त्यहाँ उनले उत्तर कोरियाली झण्डा समाते, जुन दृश्य दक्षिणमा असामान्य मानिन्छ । त्यसपछि सञ्चारकर्मी तथा सहयोगीहरूसामु आफ्नो अन्तिम भावना प्रकट गरे ।

आह्न केवल २३ वर्षका थिए जब उनी दक्षिण कोरियाली सेनाद्वारा पक्राउ गरिएका थिए थिए । उनले १९५२ मा उत्तर कोरियाली जनसेनामा लियासन अफिसरका रूपमा प्रवेश गरेका थिए । १९५३ को अप्रिलमा पक्राउ परेपछि त्यही वर्ष उनलाई आजीवन जेल सजाय सुनाइयो । उनी ४२ वर्षभन्दा बढी कारावासमा बसेर मात्र, स्वतन्त्रता दिवसको विशेष क्षमादानमा बाहिर निस्कन पाए ।

रिहाइपछि पनि जीवन सजिलो भएन । उनलाई ‘रेडहेड’ भनेर हाँसो ठट्टा गरिन्थ्यो, रोजगार पाउन मुस्किल भयो, वर्षौँसम्म सरकारका निगरानीकर्ताले पछ्याइरहे । विवाह गरे, बच्चा हुर्काए, तर आफूलाई कहिल्यै पूर्ण रूपमा अँगालिएको महसुस गर्न सकेनन् ।

जीवनको अधिकांश समय उनले गिम्पोमा बिताए, जुन सामान्य नागरिकले उत्तर कोरियाको सीमासम्म पुग्न सक्ने नजिकको गाउँ हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप