१४ लाख बढी हुन्डी रकमसहित पर्साबाट दुईजना पक्राउ
सारांश
- पर्सा प्रहरीले स्रोत नखुलेको १४ लाख बढी हुन्डी रकमसहित दुई जनालाई पक्राउ गर्यो।
- पक्राउ पर्नेमा वीरगन्ज र बाराका दुई व्यक्ति छन्।
- प्रहरीले मोटरसाइकलमा लुकाएर ल्याएको रकम बरामद गरेको छ र थप अनुसन्धान भइरहेको छ।
वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगन्जको इदगाहचोकबाट १४ लाख बढी हुन्डी रकमसहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीको टोलीले वीरगन्ज महानगरपालिकाको वडा नम्बर– २ निवासी संजयकुमार साह र बारा महागढीमाई नगरपालिका निवासी शनिकुमार ठाकुरलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जाँच चलाउँदा १४ लाख १३ हजार ५ सय रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले बताए ।
उनका अनुसार प्रहरीलाई स्रोत नखुलेको रकम बोकेर दुई जना आइरहेको सूचना आएको थियो, सोही बमोजिम मोटरसाइकल रोकेर जाँच गर्दा उक्त रुपैयाँ फेला परेको हो ।
उनीहरूको साथबाट प्रहरीले बीआर ०५ एबी ७७६१ र प्रदेश २–०३–००२ प ५५४४ नम्बरको दुईवटा मोटरसाइकलसमेत बरामद गरेको छ ।
मोटरसाइकलमा फल्स सिलिङ बनाइ लुकाइछिपाइ ल्याउँदै गरेको एक हजार दरका दश लाख र ५ सय दरका ४ लाख १३ हजार रुपैयाँ फेला परेको प्रहरीले बताउँछ ।
हुन्डी रकमसहित पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुई जनामाथि आजै म्याद थपको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको सैन्य शक्ति समाप्त भइसक्यो: डोनाल्ड ट्रम्प
-
इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबिच छलफल हुने
-
लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु (अपडेट)
-
एसियाली करातेमा एरिकालाई कास्य पदक
-
इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’
-
चार अध्यादेश स्वीकृत–रास्वपा महाधिवेशनका लागि संसद् छुट्टीसहित यस्ता छन् १० बजे १० समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण