धितोपत्र बोर्ड सञ्चालक समितिमा वाग्ले नियुक्त
शुक्रबार, ०६ भदौ २०८२, ११ : ३७
सारांश
- नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष आनन्द राज शर्मा वाग्ले धितोपत्र बोर्डको सदस्यमा नियुक्त भएका छन्।
- बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले वाग्लेलाई शपथ गराएका हुन्।
- धितोपत्र सम्बन्धी ऐन अनुसार वाग्ले सदस्यमा मनोनयन भएका हुन्।
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष आनन्द राज शर्मा वाग्ले नियुक्त भएका छन्।
बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले वाग्लेलाई शुक्रबार शपथ गराएका छन्। नवनियुक्त बोर्ड सदस्य वाग्लेलाई अन्य बोर्ड सदस्यहरू तथा बोर्डका उच्च पदस्थ कर्मचारीहरूले समेत स्वागत गरेका छन् ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको सदस्यमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका प्रतिनिधि रहने व्यवस्था रहे बमोजिम वाग्ले सदस्यका रूपमा मनोनयन भएका हुन् ।
धितोपत्र बोर्ड सञ्चालक समितिमा अर्थ मन्त्रालय, कानुन मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ, उद्योग वाणिज्य महासंघबाट १–१ जनाले प्रतिनिधित्व गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण