बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : रास्वपाका प्रदेश सल्लाहकार पक्राउ

शुक्रबार, ०६ भदौ २०८२, १३ : २१
शुक्रबार, ०६ भदौ २०८२

सारांश

  • रुपन्देहीमा नक्कली शैक्षिक प्रमाणपत्र बनाउने प्रकरणमा संलग्न रहेको आरोपमा थप एक व्यक्ति पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिकाका हरिप्रसाद कँडेल रहेका छन्, जसलाई चितवनबाट पक्राउ गरिएको हो।
  • प्रहरीको प्रारम्भिक अनुसन्धानमा कँडेलले अभिषेक यादवका लागि काम गरेको स्वीकारेका थिए, यादव यसअघि नक्कली प्रमाणपत्र सहित पक्राउ परेका थिए।
00:00 / NaN:NaN
Audio By AI

बुटवल । रुपन्देहीमा नक्कली शैक्षिक प्रमाणपत्र बनाउने प्रकरणमा संलग्न रहेको आरोपमा थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–५ पदमपुरका हरिप्रसाद कँडेल रहेका छन् । उनलाई चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको डिएसपी सुरज कार्कीले जानकारी दिए ।

कँडेल रास्वपाको बागमति प्रदेश समिति सल्लाहकार हुन् । उनले चितवनमा कलेज कोच प्रालि नामको इन्स्टिच्युट सञ्चालन गरेका छन् । 

यसअघि साउन ३० गते रुपन्देहीको बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट विभिन्न विश्वविद्यालयका ठुलो मात्रामा नक्कली प्रमाणपत्रसहित भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादव पक्राउ परेका थिए । यादवको साथबाट त्रिभुवन विश्वविद्यालयका १०० वटा ट्रान्सक्रिप्ट, ३६ वटा खाली प्रमाणपत्र, विभिन्न शैक्षिक संस्थाका ३ वटा नक्कली प्रमाणपत्र, ५ वटा स्ट्याम्प प्याड, नक्कली होलोग्राम र स्टिकरहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा यादवले कँडेलका लागि काम गरेको स्वीकारेपछि कँडेललाई पक्राउ गरिएको हो । कँडेल चितवनको लायन्स चोकस्थित कलेज कोच नेपाल प्रालि नामक शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएका थिए । उनी उक्त परामर्श केन्द्रका अध्यक्षसमेत रहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले नक्कली प्रमाणपत्र प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप