सदनको आन्दोलन र बहिस्कारलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदम भनेको भन्दै रास्वपाको आपत्ति
सारांश
- रास्वपाले सदनको आन्दोलन र बहिष्कारलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदम भनेकोमा आपत्ति जनाएको छ।
- डाँगीले संसद् बहिष्कार लोकतन्त्रभित्रको असहमतिको शैली भएको बताइन्, जुन विगतमा सत्ता पक्षले पनि प्रयोग गरेको थियो।
- डाँगीले सरकारले अपराधमा मुछिएका व्यक्तिहरूको बचाउ गरेको र मानव तस्करविरुद्धको आन्दोलनमा सुनुवाइ नगरेको आरोप लगाइन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरूले सदनमा गरिरहेको आन्दोलन र बहिस्कारलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदम भनेको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक समयमा रास्वपाका सचेतक निशा डाँगीले आफूहरूले गरिरहेको आन्दोलन र बहिष्कारलाई लोकतान्त्रिक अभ्यास विरुद्धको कदम भनेर चित्रण गर्न खोजेकोमा आपत्ति जनाएकी हुन् ।
‘संसद् बहिष्कार कुनै संविधान विरोधी अभ्यास होइन । यो त लोकतन्त्र भित्रको असहमतिको औपचारिक शैली हो, जुन विगतमा स्वयम् आज सत्तामा बसेकाहरूले पटक पटक प्रयोग गरेका छन्,’ डाँगीले भनिन्, ‘हाम्रो आन्दोलन र बहिष्कार मूलतः सत्ता पक्षलाई खबरदारी गर्न र नेपाली जनताहरूको आवाजलाई यस सदनमा प्रतिनिधित्व गर्नका लागि हो ।’
डाँगीले लोकतन्त्र केवल सङ्ख्याको बलमा सरकार चलाउने नाम नभई प्रतिपक्षको आवाज सुन्ने संस्कृति नै लोकतन्त्र हो भन्ने कुरा सत्ता पक्षले बिर्सन नहुने बताइन् ।
सरकार आफैँ अपराधमा मुछिएका व्यक्तिहरूको बचाउमा लागेको आरोप लगाइन् । ‘दुई महिनाभन्दा बढी समयदेखि मानव तस्कर विरुद्ध हामी निरन्तर आन्दोलन गरिरहेका छौँ, तर परिणाम शून्य छ । प्रतिवेदनहरू दराजमै सजाएर राखिएका छन्,’ डाँगीले भनिन्, ‘यस पटक सरकारले आँखामा पट्टी मात्रै होइन, कानमा रुवा समेत ठोसेर बसेको छ। सभामुख महोदय, आजभोलि भ्रष्टाचारको मुद्दाहरू र विभिन्न कालखण्डमा भएका काण्डै–काण्डबाट निस्कनै नसकेको पार्टीहरूले हामीलाई थरिथरिका आरोप लगाएर नैतिकतामाथि प्रश्न उठाइरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण