बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
अपराध

२ करोड जरिवाना तोकिएका सन्दीपराज काफ्ले भारतबाट पक्राउ

शुक्रबार, ०६ भदौ २०८२, १६ : ४९
शुक्रबार, ०६ भदौ २०८२

काठमाडौँ । बैंकिङ कसुर ठगी मुद्दामा २ करोड १० लाख रुपैयाँ जरिवाना हुने फैसला भएका प्रतिवादीलाई प्रहरीले भारतबाट पक्राउ गरेर काठमाडौँ ल्याएको छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर–७ घर एका सन्दीपराज काफ्लेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतबाट पक्राउ गरेर काठमाडौँ ल्याएको हो ।

उनलाई शुक्रवार काठमाडौँ ल्याइएको सीआईबीका एक जना अधिकृतले रातोपाटीलाई बताए । ब्यूरोका एक जना डीएसपी नेतृत्वको टोली उनलाई पक्राउ गर्न भारत पुगेको थियो ।

प्रहरीले काफ्लेलाई आइतबार अदालत उपस्थित गराउँदै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप