गिट्टी बालुवासहितको भलले त्रिभुवन राजपथ अवरुद्ध
शुक्रबार, ०६ भदौ २०८२, १९ : ११
मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने त्रिभुवन राजपथ सडक अवरुद्ध भएको छ । शुक्रबार परेको वर्षाका कारण त्रिभुवन राजपथ अन्तर्गतको भीमफेदीको बागझोरामा गिट्टी बालुवा सहितको भलले सडक अवरुद्ध भएको हो ।
शुक्रबार दिउँसो ३ बजेदेखि परेको वर्षाका कारण भिमफेदी गाउँपालिका–१ बागझोरा स्थित त्रिभुवन राजपथ सडक खण्डमा गिट्टी बालुवा सहितको भलले सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार उक्त स्थानमा प्रहरी चौकी भैँसेबाट ट्राफिक प्रहरी सहितको प्रहरी टोली खटिगई सडक खुलाउन समन्वय भइरहेको छ ।
उक्त स्थानमा सडक अवरुद्ध हुँदा हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीका २ मार्ग समेत बन्द भएका छन् । सो बाढीका कारण भैँसे भिमफेदी कुलेखानी फाखेल काठमाडौँ र कुलेखानी सिस्नेरी काठमाडौँ सडक समेत अवरुद्ध भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
-
काठमाडौँको मुलपानीमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते
-
गणेश नेपालीको अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ वीर अस्पतालमा
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण