शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

गिट्टी बालुवासहितको भलले त्रिभुवन राजपथ अवरुद्ध

शुक्रबार, ०६ भदौ २०८२, १९ : ११
शुक्रबार, ०६ भदौ २०८२

मकवानपुर ।  हेटौँडा–काठमाडौँ जोड्ने त्रिभुवन राजपथ सडक अवरुद्ध भएको छ । शुक्रबार परेको वर्षाका कारण त्रिभुवन राजपथ अन्तर्गतको भीमफेदीको बागझोरामा गिट्टी बालुवा सहितको भलले सडक अवरुद्ध भएको हो ।

शुक्रबार दिउँसो ३ बजेदेखि परेको वर्षाका कारण भिमफेदी गाउँपालिका–१ बागझोरा स्थित त्रिभुवन राजपथ सडक खण्डमा गिट्टी बालुवा सहितको भलले सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्रहरीका अनुसार उक्त स्थानमा प्रहरी चौकी भैँसेबाट ट्राफिक प्रहरी सहितको प्रहरी टोली खटिगई सडक खुलाउन समन्वय भइरहेको छ ।

उक्त स्थानमा सडक अवरुद्ध हुँदा हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीका २ मार्ग समेत बन्द भएका छन् । सो बाढीका कारण भैँसे भिमफेदी कुलेखानी फाखेल काठमाडौँ र कुलेखानी सिस्नेरी काठमाडौँ सडक समेत अवरुद्ध भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप