राज्यका अङ्गहरूको पुनर्संरचना र रूपान्तरण नहुँदा विकास र समृद्धि तीव्र गतिमा हुन सकेन : श्रेष्ठ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक अस्थिरतासँगै राज्यका अन्य अङ्गहरूको पुनर्संरचना र रूपान्तरण नहुँदा विकास र समृद्धि तीव्र गतिमा हुन नसकेको बताएका छन् ।
न्यायपालिका अहिले गम्भीर सङ्कटमा फसेको समेत उनले बताए । “न्यायको खोजीमा अदालत पुगेको कुनै पनि नेपालीले सम्पर्क, पहुँच वा घुस बिना न्याय पाउने अवस्था छैन,“ श्रेष्ठले शुक्रबार सामाजिक सञ्जालमार्फत भने ।
उनले अझ गम्भीर रूपमा अदालतलाई राजनीतिक स्वार्थ, बदला र प्रतिशोध पूरा गर्ने औजारको रूपमा प्रयोग भइरहेको टिप्पणी समेत गरेका छन् । “न्यायाधीशहरूले आफ्ना पदीय वा निजी स्वार्थका निम्ति सरकारको राजनीतिक नेतृत्वसँग इच्छाअनुसार मुद्दा फैसला गरिदिने प्रवृत्ति देखिनु चरम लज्जाको विषय हो,” श्रेष्ठले भनेका छन् ।
यस्तो अवस्थाले निर्दोषहरू जेल जानुपर्ने, सम्पत्ति गुमाउनु पर्ने र न्याय वञ्चित हुने अवस्था सिर्जना गरेको उनको भनाइ छ । उनले न्यायपालिकामा बसेका जिम्मेवार पदाधिकारीहरूले यसबारे गम्भीरतापूर्वक सोच्नुपर्ने आवश्यकता समेत औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण