दीपाश्रीलाई जन्मदिनको शुभकामना दिँदै दीपकराजले भने– खुशी सापट दिएर पनि भुल्दिने मेरो साथी छिन्
काठमाडौं । हास्य कलाकार दीपकराज गिरीले सहकर्मी कलाकार दीपाश्री निरौलाप्रति भावनात्मक शुभकामना व्यक्त गरेका छन् । दीपाश्री खुशी सापट दिएर पनि भुल्दिने एउटा साथी भएको उनको भनाइ छ ।
शनिबार फेसबुकमार्फत दीपाश्रीको जन्मदिनका अवसरमा शुभकामना दिँदै गिरीले लेखेका छन्, 'यस्ता अनेकौँ प्रश्नहरू, जिज्ञासाहरू र बाधाहरूका बाबजुद निरन्तर आफ्नो कर्ममा लागेर प्रत्येक काममा अब्बलता प्रमाणित गर्ने तिमीलाई सर्वप्रथम सलाम छ।'
दीपाश्रीको प्रसंशा गर्दै कवितात्मक शैलीमा उनले अगाडि लेखेका छन्, 'तिमी सबैप्रति दयाभाव राख्ने, आफ्ना सुविधाभन्दा समर्पणमा विश्वास गर्ने, भविष्यमा होइन वर्तमानमा बाँच्छौ, पीडालाई पोल्टामा राखेर पनि हाँस्छौ, काँडाहरू आफू लिने अरूलाई फूल दिने, खुशी सापट दिएर पनि भुल्दिने मेरो साथी छिन्।'
समाज कति नै आधुनिकतामा अघि बढे पनि महिला र पुरुषबीचको मनोवैज्ञानिक भेदभाव अझै पनि रहिरहेको समेत उनले टिप्पणी गरेका छन् । महिलाको क्षमता र उपलब्धिलाई अझै पनि शंकाको दृष्टिले हेर्ने र व्यक्तिगत जीवनलाई बढी चर्चा गर्ने प्रवृत्तिप्रति उनले असन्तोष प्रकट गरेका छन् ।
दुई कलाकारबिच हास्यव्यंग्य क्षेत्रमा लामो सहकार्य रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण