शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

वीरगञ्ज नाकाबाट हुने आयात र निर्यात दुवै बढ्यो

शनिबार, ०७ भदौ २०८२, १२ : १२
शनिबार, ०७ भदौ २०८२

सारांश

  • चालु आर्थिक वर्षको साउनमा वीरगञ्ज नाकाबाट ६८ अर्ब १७ करोडको वस्तु आयात भयो, जुन अघिल्लो वर्षभन्दा बढी हो।
  • निर्यात पनि बढेर ८ अर्ब ४५ करोड पुग्यो, अघिल्लो वर्ष ३ अर्ब ५ करोडको मात्र निर्यात भएको थियो।
  • भन्सार कार्यालयले साउन महिनामा १८ अर्ब ४४ करोड राजस्व संकलन गर्‍यो, जुन अघिल्लो वर्षको तुलनामा बढी हो।

पर्सा । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगञ्ज नाकाबाट रु ६८ अर्ब १७ करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन् । 

जुन गत आवको सोही वर्षको तुलनामा रु आठ अर्ब ११ करोडले बढी भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आव २०८१-८२ को साउनमा रु ६० अर्ब छ करोड बराबरको वस्तु तथा सामान आयात भएको थियो । 

चालु आर्थिक वर्षको साउनमा यो नाकाबाट हुने निर्यात बढेको छ । चालु आवको साउनमा रु आठ अर्ब ४५ करोडको सामान विभिन्न मुलुकमा निर्यात भएको छ । गत आवको साउनमा रु तीन अर्ब पाँच करोडको मात्रै सामान निर्यात भएको थियो । 

कार्यालयका अनुसार साउनमा रु १८ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको छ । जबकी आव २०८१-८२ को साउनमा रु १५ अर्ब ९२ करोडको राजस्व सङ्कलन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप