इन्टरनेटको काम गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
शनिबार, ०७ भदौ २०८२, १८ : २६
सारांश
- स्याङ्जाको पुतलीबजारमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
- इन्टरनेटको काम गर्ने क्रममा रौतहटका अरुणकुमार चौधरीको बिजुलीको पोलमा करेन्ट लागेर मृत्यु भएको हो।
- प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको छ।
स्याङ्जा । जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा आज दिउँसो करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
बिजुलीको पोलमा चढेर इन्टरनेटको काम गर्ने क्रममा रौतहट गुज्रा नगरपालिका-१ रङ्गपुर घर भई हाल पोखरा फाइबर नेटमा काम गर्दै आएका २५ वर्षीय अरुणकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिए ।
पुतलीबजार-१ ठाडोलाइनमा डेरा गरी बस्दै आएका चौधरीले नेटको कामका लागि बिजुलीको पोलमा चढ्न आल्मुनियमको भर्याङ अड्याउने क्रममा बिजुलीको तारमा भर्याङले छुँदा घाइते भएका थिए । निजको उपचारका क्रममा मृत्यु भएको जनाउँदै उनले घटनाबारे आवश्यक अनुसन्धान थालिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण