श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको स्वास्थ्यमा समस्यापछि अस्पताल भर्ना
शनिबार, ०७ भदौ २०८२, २१ : ०८
सारांश
- श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई विदेश भ्रमणमा सरकारी कोषको दुरुपयोग गरेको आरोपमा नियन्त्रणमा लिइएको छ।
- उनलाई डिहाइड्रेसनको समस्या देखिएपछि सघन उपचार कक्षमा भर्ना गरिएको छ र उनको अवस्था स्थिर रहेको बताइएको छ।
- विपक्षी दलहरूले विक्रमासिंघेलाई फेरि सत्तामा आउनबाट रोक्न सरकारले हिरासतमा लिएको आरोप लगाएका छन्।
कोलम्बो । विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा सुरक्षा नियन्त्रणमा लिइएका श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेलाई शनिबार सरकारी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको छ ।
कोलम्बो नेसनल हस्पिटलका उपमहानिर्देशक रुक्शान बेलानाले एएफपीसँग कुरा गर्दै शुक्रबार राति हिरासतमा पठाइएका विक्रमासिङ्घेलाई ‘डिहाइड्रेसन’ को समस्या निकै देखिएको र चिकित्सकको निगरानीमा राखेर उपचार गर्नुपर्ने देखिएकोले सघन उपचार कक्षमा भर्ना गरिएको बताए ।
विक्रमासिंघेको अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन् ।
विपक्षी दलहरूले उनी फेरि सत्तामा फर्कन सक्ने डरले सरकारले हिरासतमा लिएको आरोप लगाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण