राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचन कार्यतालिका आज प्रकाशन हुने
सारांश
- राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचनको कार्यतालिका आइतबार प्रकाशन हुने भएको छ।
- सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँगको भेटमा आइतबार कार्यतालिका प्रकाशन गर्ने जानकारी दिए।
- समिति सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था अनुसार कार्यतालिका आउन लागेको हो।
काठमाडौँ । रिक्त राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचनको कार्यतालिका प्रकाशन हुँदैछ । संघीय संसद् सचिवालयले आइतबार साँझसम्म कार्यतालिका प्रकाशन गर्ने तयारी गरेको हो ।
सभामुख देवराज घिमिरेले शुक्रबार नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र गृहमन्त्री रमेश लेखकसँगको भेटमा आइतबार कार्यतालिका प्रकाशन गर्ने जानकारी दिएका थिए ।
प्रतिनिधिसभा बैठक सकिएपछि सभामुख घिमिरेले समिति सभापति निर्वाचनबारे उनीहरूसँग छलफल गरेका सचिवालयले जानकारी दिएको छ ।
संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका सभापति खतिवडाले साउन २८ गते प्रतिनिधिसभा बैठकमा पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । प्रतिनिधिसभा नियमावलीको नियम १७७ को उपनियम ५ मा संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।
राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद रिक्त भएको १५ दिन भदौ ११ गते पुग्ने भएकाले आज सभामुख घिमिरेको निर्देशनमा निर्वाचनको कार्यतालिका निकाल्न लागिएको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
प्रतिनिधि सभा नियमावलीको नियम १७६ मा सभामुखले तोकेको दिन संसदीय विषयगत समिति सभापतिको निर्वाचन हुने व्यवस्था छ ।
समिति सभापछि भागबन्डामा कांग्रेसको भागमा परेको थियो । अहिले पनि कांग्रेसकै हुने देखिएको छ । शुक्रबारको बैठकमा सभामुख घिमिरेले सोध्दा अन्य दलका नेताहरूले सभापतिमा दाबी प्रस्तुत नगरेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण