हलिउडका दिग्गज अभिनेता जेरी एडलरको ९६ वर्षको उमेरमा निधन
काठमाडाैँ। ‘द सोप्रानोज’ र ‘द गुड वाइफ’ जस्ता चर्चित टिभी शृङ्खलाबाट चिनिएका हलिउडका दिग्गज अभिनेता जेरी एडलरको ९६ वर्षको उमेरमा निधन भएको छ ।
पर्दा पछाडि र अगाडि दुवै भूमिकामा लामो समय सक्रिय एडलरले आफ्नो दमदार अभिनयले लाखौं दर्शकको मनमा विशेष स्थान बनाएका थिए । उनले गएराति अन्तिम सास लिए ।
उनका नजिकका साथी फ्र्याङ्क जे रिइलीले सामाजिक सञ्जाल एक्समा उनको निधनको पुष्टि गर्दै लेखेका छन्, ‘महान् अभिनेता, मेरा साथी जेरी एडलरको निधन भयो, तपाईँहरूले उहाँलाई उहाँको प्रतिष्ठित भूमिका र कैयौँ अतिथि भूमिकाहरूबाट चिन्नुहुन्छ ।'
ढिलो तर सफल अभिनय यात्रा
जेरी एडलरको अभिनय यात्रा निकै विशेष छ, उनले ६० वर्षको उमेरमा आफ्नो अभिनय करिअर सुरु गरेका थिए । त्यसअघि उनले करिब ३० वर्ष थिएटरमा पर्दापछाडिको काम गरे ।
उनी एक कुशल स्टेज म्यानेजर र निर्देशकको रूपमा पनि चिनिन्थे र ‘माय फेयर लेडी’ जस्ता चर्चित ब्रोडवे शोहरूको हिस्सा बनेका थिए । पछि अभिनयमा प्रवेश गरेर पनि उनले आफ्नो छुट्टै र बलियो पहिचान बनाउन सके ।
टीभी शो ‘द सोप्रानोज’मा उनले निभाएको हर्मन ‘हेश’ र्याबकिनको भूमिका दर्शकमाझ निकै लोकप्रिय भयो । यसमा उनी टोनी सोप्रानोका एक विश्वासिला सल्लाहकारका रूपमा देखिएका थिए । साथै, ‘द गुड वाइफ’ र ‘द गुड फाइट’मा वकिल होवार्ड लाइम्यानको भूमिकामा पनि उनले आफ्नो अभिनयको छाप छोडेका थिए ।
‘रेस्क्यु मी’मा न्यूयोर्क फायर डिपार्टमेन्टका प्रमुख सिड्नी फिनबर्गको रूपमा पनि उनी चर्चित भए । यसबाहेक ‘नर्दन एक्सपोजर’, ‘म्याड अबाउट यु’ र अमेजनको शो ‘ट्रान्सपरेन्ट’मा पनि उनले अविस्मरणीय भूमिकाहरू निर्वाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण