महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ
आइतबार, ०८ भदौ २०८२, २१ : ५६
सारांश
- जनकपुरका होटल सञ्चालक अजिज राइनलाई महिलालाई यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
- पीडित परिवार र मानव अधिकारकर्मीको उजुरीका आधारमा राइनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ।
- राइनविरुद्ध मानव बेचबिखन र यौनजन्य अपराधको उजुरी परेको छ, राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी दर्ता भएको छ।
जनकपुर । आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न गराएको आरोपमा प्रहरीले जनकपुरका एक होटल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम–२३ का ४५ वर्षीय अजिज राइन रहेका छन् ।
प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार पीडित परिवार र मानव अधिकारकर्मीले दिएको उजुरीका आधारमा राइनलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । राइनविरुद्ध मानव बेचविखन र यौनजन्य अपराधसँग सम्बन्धित गम्भीर प्रकृतिका उजुरी दर्ता भएका छन् ।
‘प्रमाण सङ्कलनको काम भइरहेको छ’, प्रहरी नायब उपरीक्षक सिंहले भने । राइनविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी परेको छ ।
आयोगका जनकपुरधाम प्रमुख बुद्धनारायण सहनीले उक्त घटनालाई अत्यन्त संवेदनशील विषयका रूपमा लिइएको बताए । ‘आयोगले प्रारम्भिक तथ्य जाँच सुरु गरेको छ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा
-
एमाले नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी हस्तान्तरण
-
गठबन्धनरूपी विकृत युगको साक्षी भयौँ, साझेदार भएनौँ : गगन थापा
-
यस वर्ष ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन
-
थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा
-
सरकारी सूचनामा निजी मिडियामाथि विभेद भएको भन्दै पत्रकार महासङ्घको र्याली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण