एसियाली सेयर बजारमा हरियाली
सारांश
- अमेरिकी फेडले ब्याजदर घटाउने आशा बढेपछि एसियाका सेयर बजारमा हरियाली छाएको छ।
- जापानको निक्केई २२५ परिसूचक बढेर ४२ हजार ७६४ अङ्कमा पुग्यो, भने अन्य एसियाली बजारमा पनि वृद्धि देखियो।
- जेपीमोर्गनका अनुसार श्रम बजारमा माग सुस्त भएकोले फेडले ब्याजदर घटाउन सक्ने सम्भावना छ।
टोकियो । सोमबार एसिया क्षेत्रका सेयर बजारमा हरियाली छाएको छ । अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ (फेडले) ब्याजदर घटाउने आशा बढेसँगै सोमबार बजारमा हरियाली छाएको हो ।
सेप्टेम्बरको नीतिगत बैठकमा फेड अध्यक्ष जेरोम पावेलले २५ आधार बिन्दुले ब्याजदर घटाउने सम्भावना ८४ प्रतिशत रहेको देखिएको थियो । श्रम बजारमा माग सुस्त भएकोले फेडले ब्याजदर घटाउन सक्ने जेपीमोर्गनमा आर्थिक अनुसन्धानका ग्लोबल हेड ब्रुस कासमान भन्छन् ।
शुक्रबार अमेरिकामा सार्वजनिक हुने व्यक्तिगत खपत मूल्यको तथ्यांकले बजारको उत्साहको परीक्षा लिने ठानिएको छ । ट्यारिफसँग सम्बन्धित दबाबसँग जोडिएर मुद्रास्फीतिमा हुने कुनै पनि वृद्धिले कोर मुद्रास्फीतिलाई बढाएर वार्षिक ४ प्रतिशततिर पुर्याउने चेतावनी कासमानले दिएका छन् ।
यो समाचार तयार पारिरहँदा सोमबार बिहान ११ः १५ बजे जापानको निक्केई २२५ परिसूचक शून्य दशमलवले बढेर ४२ हजार ७६४ अङ्कमा पुगेको थियो । चीनमा साङ्हाई कम्पोजिट इन्डेक्स शून्य दशमलव ५५ प्रतिशतको वृद्धिसहित ३ हजार ८४८ अङ्कमा पुग्दा हङकङमा हाङ्शेङ परिसूचक १ दशमलव १७ प्रतिशतले बढेर २५ हजार ७८८ अङ्कमा उक्लिएको थियो ।
सोमबारै ताइवानको ताइवान वेटेड २ दशमलव १५ प्रतिशतले बढेको थियो । दक्षिण कोरियामा कोस्पी परिसूचकमा पनि शून्य दशमलव ९४ प्रतिशतको वृद्धि देखिएको थियो ।
सिंगापुरमा स्ट्रेट टाइम्स शून्य दशमलव १८ प्रतिशतले बढ्दा थाइल्यान्डमा सेट कम्वोजिट पनि शून्य दशमलव ९४ प्रतिशतले बढेको थियो । भारतमा पनि निफ्टी परिसूचक शून्य दशमलव ३८ प्रतिशतले बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण