ब्राजिलको विश्वकप छनोट खेलअघि नेयमार फेरि चोटग्रस्त
सारांश
- बार्सिलोना र पेरिस सेन्ट जर्मेनका पूर्वस्टार नेयमार नयाँ चोटका कारण ब्राजिलको विश्वकप छनोट खेलमा अनुपस्थित हुने सम्भावना बढेको छ।
- प्रशिक्षणका क्रममा नेयमारको तिघ्रामा सुन्निएको महसुस भयो, जसको आधिकारिक पुष्टि हुन बाँकी छ।
- यसअघि पहेँलो कार्डको निलम्बनका कारण नेयमार बाहियाविरुद्धको खेलमा उपलब्ध थिएनन्।
काठमाडौँ । बार्सिलोना र पेरिस सेन्ट जर्मेनका पूर्वस्टार नेयमार नयाँ चोटका कारण ब्राजिलको आगामी विश्वकप छनोट खेलमा अनुपस्थित हुने सम्भावना बढेको छ।
जीई ग्लोबोका अनुसार, ३३ वर्षीय नेयमारलाई आइतबारको ब्राजिलियन लिग खेलअघि भएको प्रशिक्षणका क्रममा तिघ्रामा सुन्निएको महसुस भयो। यस चोटबारे सान्तोस क्लबले ब्राजिलियन फुटबल महासंघ (सीबीएफ) लाई जानकारी गराएको भए पनि, यसको आधिकारिक पुष्टि भने भइसकेको छैन। नेयमार यसअघि नै पहेँलो कार्डको निलम्बनका कारण आइतबारको बाहियाविरुद्धको खेलमा उपलब्ध थिएनन्।
यदि नेयमार केही समयका लागि मैदानबाहिर रहने भए भनर् यो उनको लागि थप एक निराशाजनक समय हुनेछ। गत साता भास्को दा गामासँग सान्तोस ६-० ले पराजित भएपछि उनी निकै भावुक बनेका थिए, जसपछि क्लबका प्रबन्धक क्लेबर जाभियरलाई बर्खास्त गरिएको थियो।
यस वर्षको मे महिनामा कार्लो एन्चेलोटी ब्राजिलको प्रशिक्षक बनेपछि नेयमारले राष्ट्रिय टोलीबाट कुनै पनि खेल खेलेका छैनन्। एन्चेलोटीले बारम्बारको चोटका कारण उनलाई आफ्नो पहिलो टोलीमा समावेश नगरेको बताएका थिए।
आगामी सेप्टेम्बरमा हुने चिली र बोलिभियाविरुद्धको विश्वकप छनोटका लागि एन्चेलोटीले नेयमारलाई टोलीमा समावेश गर्छन् वा गर्दैनन्, त्यो हेर्न बाँकी नै छ। ब्राजिलले गत जुनमा पाराग्वेलाई १-० ले हराएर २०२६ को विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण