जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ
सारांश
- झापामा १६ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा २ जना पक्राउ परेका छन्।
- कचनकवल गाउँपालिकाका ७१ वर्षीय पहलमान पौडेल खत्री र ५५ वर्षीय रत्न बहादुर तामाङ पक्राउ परे।
- नुवाकोटमा १५ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा ३५ वर्षीय बाबुराम माझी पक्राउ परेका छन्।
काठमाडौँ । झापा र नुवाकोटबाट जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयकाअनुसार १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई झापा प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका-७ बस्ने ७१ वर्षीय पहलमान पौडेल खत्री र ५५ वर्षीय रत्न बहादुर तामाङ रहेका छन् । उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी नुवाकोट पनि १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा विदुर नगरपालिका-३ मैरीटार बस्ने ३५ वर्षीय बाबुराम माझीलाई प्रहरीले पक्राउ गरेको छ । माझीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी देवीघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको सम्बन्धित प्रहरी कार्यालयले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण