बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रपति पौडेलले भानु साहित्य उद्यानको शुभारम्भ गर्ने

सोमबार, ०९ भदौ २०८२, १७ : २३
सोमबार, ०९ भदौ २०८२

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको चुँदी रम्घामा भानु साहित्य उद्यान निर्माणको शुभारम्भ गर्ने भएका छन्।
  • आगामी असोज ६ गते भानु भवनको शिलान्यास गरेर उद्यान निर्माणको शुभारम्भ हुनेछ।
  • उद्यानमा सातै प्रदेशका धाम र साहित्यकारहरूको सालिक राख्ने योजना छ, जसका लागि सरकारले २० करोड रुपैयाँ विनियोजन गरेको छ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घामा भानु साहित्य उद्यान निर्माणको शुभारम्भ गर्ने भएका छन् । आदिकवि भानुभक्त आचार्यको स्मृति दिवसका अवसरमा आगामी असोज ६ गते उद्यान निर्माण अन्तर्गत प्रथम चरणमा बनाउन लागिएको भानु भवनको शिलान्यास गरेर राष्ट्रपति पौडेलले सो उद्यान निर्माणको शुभारम्भ गर्ने भानु साहित्य उद्यान समितिका महासचिव डा. ब्रतराज आचार्यले बताए ।

उनका अनुसार राष्ट्रपति पौडेलको समुपस्थितिमा सोमबार सहरी विकास मन्त्रालय र उद्यान समितिका पदाधिकारीको छलफलपछि भानु स्मृति दिवसका अवसरमा उद्यान निर्माणको शुभारम्भ गर्ने तय भएको हो । 

राष्ट्रपति पौडेलको परिकल्पना र पहलमा चुँदी रम्घालाई नेपाली भाषा, साहित्य र संस्कृतिको तीर्थस्थलका रूपमा विकास गर्ने लक्ष्यसहित भानु साहित्य उद्यान गुरुयोजना निर्माण हुँदैछ । सो उद्यानमा सातै प्रदेशका प्रसिद्ध धाम झल्कने संरचना र विभिन्न भाषाभाषीका मूर्धन्य साहित्यकारहरूको सालिक राख्ने योजना छ । 

सरकारले सो उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा २० करोड रुपैयाँ विनियोजन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप