आईजेएफ कन्टिनेन्टल रेफ्री परीक्षामा सफल कविता सम्मानित
सारांश
- नेपाल जुडो संघले जोर्डनमा रेफ्री परीक्षा उत्तीर्ण गरेकी कविता पुनलाई सम्मान गरेको छ।
- अगस्टमा भएको परीक्षामा कविता पुनले सफलता हासिल गर्दै एसियाली स्तरको निर्णायक बन्न सफल भइन्।
- उनी नेपालबाट यो उपलब्धि हासिल गर्ने दोस्रो महिला तथा समग्रमा तेह्रौं निर्णायक बनिन्।
काठमाडौँ । नेपाल जुडो संघ अन्तर्गतको रेफरिङ कमिसनले जुडोकी कविता पुनलाई सम्मान गरेको छ। कविताले हालै जोर्डनको अम्मानमा सम्पन्न आईजेएफ कन्टिनेन्टल रेफ्री परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेपछि सोमबार विशेष कार्यक्रममार्फत प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको हो।
अगस्ट १५ देखि १९ तारिखसम्म आयोजित उक्त परीक्षामा नेपालबाट राधादेवी राई र रवि चौधरी समेत सहभागी भएका थिए, तर सफल हुनेमा कविता मात्र परेकी छन्।
यस उपलब्धिसँगै कविता पुन अब एसियाली स्तरसम्मको जुडो प्रतियोगितामा निर्णायक (रेफ्री)को भूमिका निर्वाह गर्न योग्य भएकी छिन्। उनी नेपालबाट यो उपलब्धि हासिल गर्ने दोस्रो महिला तथा समग्रमा तेह्रौं निर्णायक बनेकी छिन्।
कार्यक्रममा जुडो महासंघका अध्यक्ष दीपकहर्ष बज्राचार्य र कमिसनका अध्यक्ष धर्मकुमार श्रेष्ठले संयुक्त रूपमा कवितालाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण